एसीसी प्रिमियर कप : नेपालले दोस्रो खेल आज कतारसँग खेल्ने

लोकपथ
1.4k
Shares

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आज कतारसँग दोस्रो खेल खेल्दै छ ।

आजको खेल दिउँसो सवा चार बजे अल अमरेत क्रिकेट मैदानमा हुनेछ सुरु हुनेछ । 

एसीसी प्रिमियर कपको पहिलो खेलमा शुक्रबार मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुआत गरेको नेपालले आज दोस्रो खेलमा कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

शुक्रबार १४४ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा मलेसियाविरुद्ध पाँच विकेटको जित दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?