एससीसी प्रियिमर कप : नेपालसँग मलेसिया ५ विकेटले पराजित

लोकपथ
767
Shares

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पुरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले २४ रन बनाए । त्यस्तै आरिफ शेखले ३५ बलमा चार चौकासहित ३२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहित पौडेलेले २८, दिपेन्द्र सिंह ऐरीले २० र कुशल मल्लले ७ रन बनाए ।

मलेसियाका लागि विरनदीप सिंहले ३, मोहम्मद वाफिक र पवनदीप सिंहले एकएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको हो ।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा अभिनास बोहराले एक विकेट लिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?