त्रिविमा रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

लोकपथ
741
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टरमा प्रा.डा. केसी र रजिष्ट्रारमा प्रा.डा. रिजाललाई नियुक्त गरेका हुन् ।

रजिष्ट्रारमा नियुक्त रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् भने प्रा. डा. केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा छन् ।

त्रिविका उपकुलपति प्रा. डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए । त्रिवि ऐन अनुसार रेक्टर र रजिष्ट्रार पदमा सिफारिस व्यक्तिलाई कुलपति (प्रधानमन्त्री)ले नियुक्ति गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?