२०८० मा समृध्दिमा वाधा पुगेको एमाले नेता पोखरेलको भनाई

लोकपथ
65
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वितेको वर्ष २०८० मा मुलुकमा राजनीतिक अस्थिरताका कारणले आर्थिक विकास र समृद्धिमा वाधा पुगेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालद्धारा आयोजित शुभकामना सांस्कृतिक साँझ, २०८० समारोहलाई सम्बोधन गर्दै पोखरेलले वितेको वर्षमा मुलुकलाई जागृत बनाउने कुराहरुलाई मुर्छित बनाउने काम गरिएको टिप्पणी गरे ।

उनले भने, वितेको वर्ष खासगरि समस्या र चुनौतीले भरियो । मुलुकमा राजनीतिक अस्थिरताका कारणले आर्थिक विकास र समृद्धिमा वाधा पुग्यो । राष्ट्रियता रस्वाभिमानका विषयहरुमा हामीले बेला बेलामा कमजोरी देखायौं । बेला बेलामा देश लाई जागृत बनाउने कुराहरुलाई मुछृत बनाउने काम भयो ।’

वितेको वर्षबाट पाठ सिकेर अगामि दिनहरुमा त्यस्ता किसिमका कमजोरी आउन नदिने कुरामा जोड दिनुपर्ने पोखरेलको भनाइ छ ।उनले राजनीतिक दल र समाजमा विकृतीहरु फैलिएको उल्लेख गर्दै त्यसलाई निर्मुल पार्न सांस्कृतिक दलहरुले विकृतीहरुका विरुद्ध धावा बोल्नु आजको आवश्यक्ता भएको औंल्याए ।

उनले भने, ‘संस्कृतिको क्षेत्रमा जहाँ जहाँ विकृती र विकृतीहरु देखा परेका छन् त्यस्ता विकृतीहरुको विरुद्ध यस्ता सांस्कृतिक संघहरु धावा बोल्न सक्नुपर्दछ । चाहे राजनीतिक दलहरु भित्र देखिएका विकृतही हुन्, राज्य संचालनको क्षेत्रमा देखा परेका विकृती र विसंगतीका क्षेत्रहरुमा नै किन नहुन् । समाजमा देखिएका विकृतीहरु विरुद्ध धावा बोलेर तिनीहरुलाई कमजोर बनाएर समाप्त पार्नु अहिलेको आवश्यक्ता हो । सांस्कृतिक रुपमा समाज बिचलित भइरहेको उल्लेख गर्दै पोखरेलले यसरि मुलुकलाई कमजोर हुनबाट जोगाउन नसकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?