सुन्तला राष्ट्रिय फल घोषित

लोकपथ
130
Shares

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?