नाउपाका सांसद घनश्याम चौधरी निलम्बित

लोकपथ
312
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई निलम्बनमा परेका छन् । चौधरीलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले तीन महिनाको लागि निलम्बन गरेकी हुन् ।

पार्टी अध्यक्ष श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।

प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न विषयमा छलफल गर्न पटक-पटक बोलाउँदा पनि सहभागी नभएको र स्पष्टिकरण पनि चित्तबुझ्दो नभएकोले निलम्बन गरिएको अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?