आज डलरको भाउ स्थिर, यूरो र पाउण्डको मूल्य घट्यो

लोकपथ
26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

जसअनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य स्थिर छ । बिहीबारदेखि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसका दरले कारोबार भइरहेको छ ।

त्यस्तै, यूरोको विनिमय मूल्य भने घटेको छ । बिहीबार १४४ रुपैयाँ २६ पैसा र बिक्री दर १४४ रुपैयाँ ९१ पैसाले कारोबार भएकोमा राष्ट्र बैंकले शुक्रबारका लागि यूरो एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा तोकेको छ ।

बेलायती पाउण्डको पनि बिहीबार १६८ रुपैयाँ ६३ पैसा र बिक्री दर १६९ रुपैयाँ ३९ पैसाले कारोबार भएकोमा शुक्रबार घटेर पाउण्ड एकको खरिद मूल्य १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा कायम गरिएको छ ।

त्यस्तै, आज कतारी रियाल एकको खरिद दर एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?