कानूनको अधीनमा व्यापार व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकार सक्षम : गृहमन्त्री

लोकपथ
143
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले व्यवसायीहरुलाई कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न सक्ने वातावरण बनाउन सरकार सक्षम रहेको बताएका छन् ।

उनले सबै व्यवसायीहरूलाई समेत प्रचलित नियम कानूनको अधीनमा रहेर व्यापार व्यवसाय गर्न आग्रह गरे । बिहीबार पर्सामा भएको राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठीमा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान र अखाद्य बस्तु नियन्त्रणमा सबैको सक्रियता आवश्यक रहेको बताए ।

उनले गलत क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन र आम नागरिकले सुरक्षित महसुस गर्ने गरी भयरहित समाज निर्माणमा सबै मिलेर जानुपर्ने विचार व्यक्त गरे ।

गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र अर्थ सचिव डा. कृष्ण हरि पुष्करले राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै त्यसका लागि एकीकृत प्रयास, समन्वय र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?