अक्षय कुमारको नाम लिएर ठगी गर्ने दुईजना पक्राउ

लोकपथ
156
Shares

काठमाडौं । बलिउडका चर्चित अभिनेता अक्षय कुमारको नाम लिदै ठगी गर्ने २ जनालाई जुहु प्रहरीले पक्राउ गरेको छ ।

अक्षय कुमारको प्रोडक्शन हाउसमा महिला छनोट गराउने नाममा ठगी गर्न प्रयास गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पूजा आनन्दानीले दिएको सूचनाको आधारमा प्रहरीले प्रिन्स कुमार राजन र अञ्जनी कुमार सिन्हालाई जेडबल्यू मैरियट जुहुबाट पक्राउ गरेको हो ।

प्रहरीलाई प्राप्त जानकारी अनुसार ३ अप्रिलमा उनीहरुले आफ्नो मोबाइल फोनबाट पूजालाई फोन गरेर आफ्नो नाम रोहन मेहरा बताएका थिए । उनीहरुले आफू अभिनेता अक्षर कुमारको प्रोडक्शन हाउस केप अफ गुड फिल्म्समा काम गर्ने गरेको भनि झुट बोलेका थिए । तर उनीहरुले त्यँहा काम गर्ने गरेका थिएनन् । उनीहरुले पूजालाई त्यही काम लगाइदिने भनि झुटो आश्वासन दिएका थिए ।

उनीहरुले पूजालाई उनको राम्रो प्रोफाइल फोटो बनिसकेपछि मात्र फिल्म कम्पनीमा काम गर्न पाउने बताएका थिए । जसका लागि उनीहरुले अभिनेता अमिताभ बच्चनको फोटोग्राफरसँग पूजाको फोटो खिच्न लगाउने भन्दै ६ लाख रुपैयाँको माग गरेका थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरुले निर्भया नाम गरेको चलचित्र बनाउँदै गरेको थिए । त्यसमा छनोट हुनका लागि उनीहरुले पूजालाई जुहु बोलाएका थिए । उनीहरुको भेट् क्याफेमा भएको थियो । उनीहरुको तेस्रो बैठक जेडबल्यू मैरियट जुहुमा भएको थियो । पूजाले पहिला नै प्रहरीलाई जानकारी गराएकी थिइन् र त्यहिबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?