दरबारमार्ग र ठमेल २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा

लोकपथ
14
Shares

काठमाडौं । व्यवसायीहरूले दरबारमार्ग र ठमेल २४ सै घण्टा खुलाउने घोषणा गरेका छन् ।

बिहीबार ठमेल पर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष २०८१ देखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।

गृह मन्त्रीको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ सै घन्टा व्यवसाय संचालन गराउन चालेको कदमलाई सकारात्मक रूपमा लिएको परिषद् र बोर्डको भनाइ छ ।

यद्यपी ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले २४ घण्टा व्यवसाय संचालन गराउन नपाउने ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले बताए ।

शर्माले भने, ‘ठमेलको भगवान बाहालमा स्थानीयको बसोबास छ, स्थानीयहरूले सुरक्षित महसुस नगरेसम्म त्याहाँ व्यवसाय सञ्चालन गर्नमा रोक लगाएका छौँ । त्यसमा गृह मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । भगवान बाहललाई केही समयपछि पूर्णरूपमा २४ सै घण्टा सञ्चालनमा ल्याइने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?