सिन्धुलीको एनसेल टावरमा कुकर बम बिस्फोट

लोकपथ
572
Shares

काठमाडौं । सिन्धुलीको एनसेल टावरमा बम बिस्फोट भएको छ । आज बिहान अन्दाजी साढे १ बजे कमलमाई नगरपालीका -४ खट्टार स्थित एनसेलको टावरमा कुकर बम बिस्फोट भएको हो ।

बिस्फोटबाट टावरका तारहरू जलेको र अहिले आसपासको क्षेत्रमा एनसेलको सेवा अवरुद्ध भएको छ । बिस्फोट भएको स्थानमा जनमुक्ति सेना नेपाल लेखिएको पर्चा भेटिएको प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले जानकारी दिए।

घटनामा संलग्रको खोजीकार्य भइरहेको खड्काले जानकारी दिए।

यसअघि गत चैत २ गते सिन्धुलीकै सुनकोशी गाउँपालिका-१ दुम्जामा नेपाल टेलिकमको टावरको कम्पाउन्ड भित्र बम बिस्फोट भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?