सत्ता संकटमा पर्ने देखिएपछि मन्त्रालय फुटाउने गण्डकी सरकारको निर्णय

लोकपथ
221
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले मन्त्रालय थप्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्को बैठकले मन्त्रालय बढाएर ९ पुर्‍याउने निर्णय गरेको हो ।

यसअघि खगराज अधिकारी नेतृत्वकै सरकारले अघिल्लो वर्षको पुसमा प्रदेशमा रहेको १२ मन्त्रालयलाई घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको थियो । अहिले सत्ता संकटमा पर्ने देखिएपछि मुख्यमन्त्री अधिकारीले भागबन्डा पुर्‍याउन दुई मन्त्रालय बढाउने निर्णय लिएका हुन् ।

गण्डकीमा मुख्यमन्त्री नियुक्तविरूद्ध मंगलबार तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका छन् । बुधबार सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?