घुस लिँदै गर्दा पोखराबाट सब–इन्जिनियरसहित दुईजना पक्राउ

लोकपथ
156
Shares

काठमाडौं । सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानगरपालिकाकी सब-इन्जिनियरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सब-इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवर रहेका छन् ।

अख्तियार दुरुपयोग अनुन्धान आयोग गण्डकी प्रदेश कार्यलय पोखराबाट खटिएको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल र रोकायालाई पोखराको मालेपाटनबाट पक्राउ गरेको हो । उनीहरूकाे साथबाट सम्पन्न घरकाे नक्सा दिन लिएकाे डेढ लाख घुस रकम बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेकाहरुलाई प्रक्रिया पूरा गरी कारबाही गरिने अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?