ईपीएस भाषा परिक्षाको नतिजा सार्वजनिक, सहभागी ४० हजारमा ६ हजार उत्तीर्ण

लोकपथ
9.2k
Shares

काठमाडौं । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागी लिइएको परिक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

ईपीएस कोरिया शाखाले २०८० फागुन ७ गतेदखि चैत २४ गतेसम्म लिएको परिक्षाको नतिजा आज (बुधबार) सार्वजनिक गरेको हो ।

पहिलो चरणमा ४० हजार ५८० जनाले परिक्षा दिएकोमा ६ हजार ३२१ जना मात्रै उर्तिण भएका छन् । उनीहरुले अब सिप परीक्षा दिनुपर्ने वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले जनाएको छ । सिप परीक्षा आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सञ्चालन हुनेछ ।

परिक्षार्थीहरुले आफ्नो ताेकिएको परीक्षा मिति , समय र स्थान परिवर्तन गर्न नसक्ने कार्यलयले जनाएको छ ।

यस्तै उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म र तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?