एमाले प्रमुख सचेतक बर्तौलाको माग– ‘कांग्रेसको नियत छानबिन गर्ने समिति बनाऔँ’

लोकपथ
98
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सत्तापक्षमा हुँदा नेपाली कांग्रेसले दोषीका बारेमा किन नबोलेको भन्दै प्रश्न गरेका छन् ।

सत्तापक्षमा हुँदा सहकारी ठगीका विषयमा नबोलेको र प्रतिपक्षमा हुने बित्तिकै त्यसलाई मुख्यमुद्दा बनाउने कांग्रेसको नियतमाथि नै खोट रहेको टिप्पणी गरे ।

आज बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै बर्तौलाले प्रतिपक्षमा आउने प्रतिशोध साँधेको भन्दै कांग्रेसको नियतको बारेमा छानबिन गर्न समिति बनाउनुपर्ने माग गरे ।

‘यो संसदबाट समिति बनाउने नै हो भने पहिलो कुरा सरकारमा हुँदा काँग्रेसले किन बद्नियत राखेर दोषीका बारेमा, प्रश्न उठेका व्यक्तिका बारेमा अनुसन्धान गर्न चाहेन? प्रक्रिया अगाडी बढाउन चाहेन? त्यो नियतको बारेमा अध्ययन र अनुसन्धान गर्न समिति बनाउनुपर्छ। सरकारबाट बाहिर आउनेबित्तिकै प्रतिशोध साँध्नका लागि, सरकारबाट हट्ने बित्तिकै सहकारीबाट धेरै जनताहरु ठगिएका रहेछन् भनेर देख्ने? सरकारमा हुँदा पट्टी बाँधेर हिँड्ने।’ बर्तौलाले भने ।

त्यस्तै संसद प्रक्रिया विधि स्थापित मान्यताबाट चल्ने भन्दै स्थापित विधि विधानको धज्जी उडाउँदै प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण कामहरु रोक्नु दुखद रहेको बताए । त्यस्तै आफनो आन्दोलनको स्वरुप परिवर्तन गर्नका लागि समेत आग्रह गरे ।

‘संसद् प्रक्रिया विधि स्थापित मान्यताबाट चल्छ। स्थापित विधि र मान्यतालाई धज्जी उडाउँदै प्रमुख प्रतिपक्षले यसरी संसदका महत्वपूर्ण बिजनेसहरु, महत्वपूर्ण कामहरुलाई अवरोध गर्नेगरी जे कामहरु गरिराख्नुभएको छ। विधि स्थापित गर्ने ठाउँबाट विधिलाई सत्यनाश गर्ने, विधिलाई समाप्त पार्ने काम हुँदैछ। दुःखद् कुरा हो ।’ उनले भने, ‘प्रमुख प्रतिपक्षले आफ्ना आन्दोलनका रुपहरुलाई बदल्नुपर्छ। सांसदको कानून बनाउने मुख्य अभिभारा वा जिम्मेवारी अवरोध नगर्नका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?