कर्णालीका मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
13
Shares

काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यमलाल कँडेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

मुख्यमन्त्री कँडेलले प्रदेश प्रमुख तिलक परियारसँग पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

कँडेल उनको दल नेकपा एमालेसहित माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनलाई प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?