नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले पक्राउ परेका छन् ।

घलेलाई मानव बेचविखनविरुद्ध कसुर गरेको आरोप पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध २०७३ साउन २२ मा मुद्दा दर्ता भएको थियो ।

नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का पठाएको अनुसन्धानबाट खुलेको छ भने सो घटनामा संलग्न अरु दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?