संसदमा कांग्रेसले भन्यो– ‘सत्ता समीकरण फेरिएपछि सहकारी ठगीको छानबिन पनि फेरियो’

लोकपथ
84
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि आफ्नो अडान कायम राख्दै संसदमा अवरोध खडा गरेको छ ।

गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन समिति माग गरिरहेको कांग्रेसले आज पनि बैठकको प्रारम्भमै विरोध जनाएको हो ।

आजको बैठकमा बोल्दै राज्य व्यवस्था समितिका सभापति समेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले सत्ता समीकरण फेरिएपछि सहकारीको छानबिनको काम पनि फेरिएको भन्दै कटाक्ष गरेका छन् ।

यसअघिको गृहमन्त्रीले राज्य व्यवस्था समितिमा आएर वर्तमान गृहमन्त्री रवि लामिछाने जोडिएको भनेको सहकारीको विषयमा छानबिन भएको जनाए पनि सत्ता समीकरण फेरिएसँगै त्यो काम पनि फेरिएको बताए ।

‘राज्य व्यवस्था समितिमा आएर तत्कालिन गृहमन्त्रीले भन्नुभयो । यो छानबिन हुन्छ । हामी छानबिन गर्छौँ भन्नुभयो । अनुसन्धानमा संलग्न प्रहरीले भन्यो पैसा अपचलन भएको विषयमा अनुसन्धान सुुरु भएको छ । तर तत्कालिन समयमा सरकारको समीकरण परिवर्तन भयो । काठमाडौंबाट सिआइबीले दुई जना प्रहरी तत्कालिन सिआइबी प्रमुखको नेतृत्वमा प्रदिप क्षेत्री र रवि घिमिरे भन्ने दुई जना प्रहरीलाई पोखरामा छानबिन गर्न पठाइयो । छानबिनले अहिलेका गृहमन्त्री सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो । समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन गर्ने काममा लाग्यो भन्ने आभाष भयो ।’ खतिवडाले भने ।

त्यस्तै सहकारी ठगीको विषयमा छानबिनमा परेका व्यक्ति नै गृहमन्त्री भएपछि छानबिनको काम प्रभावित भएको भन्दै कटाक्ष गरे ।

‘जुन विषयमा छानबिन हुँदैथियो त्यही संस्थामा प्रमुख भएर आइसकेपछि छानबिन रोकियो र सहकारी पीडितहरु झन पीडित हुने भए ।’ उनले भने ।


त्यस्तै रास्वपाका सांसद र मन्त्रीले नै आफू सहकारीबाट पीडित भएको र उक्त पैसा उठाइदिनेलाई पुरस्कार दिने भन्ने विषयमा कटाक्ष गर्दै रास्वपाको पार्टी नीति कस्तो हो भन्दै प्रश्न समेत गरे ।


त्यस्तै गरी आफूहरुको माग सरकारले नसुनेको र बाध्य भएर संसद अवरुद्ध गर्न परेको बताए । साथै छानबिन समिति बनाएर संसदको अवरोध हटाउन पनि सरकारसमक्ष आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?