कमल थापाका लागि वाम गठबन्धन फलामको चिउरा !

सरकारले मिति घोषणा गरे अनुसार दोस्रो चरणको प्रतिनिधि÷प्रदेशसभा निर्वाचन आउन करिब ४० दिन बाँकी छ । यो अवधिमा मकवानपुरका नेता टिकटदेखि जित हात पार्न दौडधुपमा जुटिसकेका छन्, नयाँ पत्रिकामा खबर छ एमाले—माओवादी केन्द्रले वाम गठबन्धन बनाएर आसन्न निर्वाचनमा होमिएका छन् भने कांग्रेस राप्रपा लगायतका दलहरुलाई साथमा लिएर निर्वाचनमा होमिने कसरतमा छ । वामपन्थी गठवन्धन र कांग्रसको लोकतान्त्रिक गठवन्धन दुई दिशामा उभिएपछि यस पटकको निर्वाचनले रोमाञ्चक मोड लिने पक्कापक्की भएको छ दलहरु गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने भएपछि देशकै मध्यभागमा पर्ने मकवानपुरमा पनि त्यको छिटा मज्जैले परेको छ अहिले राप्रपा केन्द्रीय अध्यक्षसमेत रहेका उपप्रधान तथा उर्जा मन्त्री कमल थापा र कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डिनाको चर्चा बढी चलिरहेको छ दुबै उम्मेदवार एकै गठबन्धनको भएपनि राष्ट्रिय राजनीतिमा भिजेका यी दुई नेताले देशैभर चर्चा बटुलिरहेका छन् उता वाम गठबन्धनमा भने केही टिकट नपाएपछि सामाजिक सञ्जालमार्फत पीडा पोख्दै छन् भने कोहि केन्द्र धाउन व्यस्त छन् । तालमेलमा मकवानपुरमा एमालेलाई प्रतिनिधि र प्रदेशसभाका लागि २/२ क्षेत्र र माओवादी केन्द्रले प्रदेशसभामा २ क्षेत्रमै चित्त बुझाउन बाध्य भएको छ प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट कमल थापा र २ बाट डिनालाई उमेदवार बनाउने निश्चित भएपनि प्रदेशसभाका उमेदवारको टुङ्गो लागेको छैन । वाम गठबन्धनमा पनि उस्तै समस्या देखिएको छ । आकांक्षीको संख्या धेरै भएपछि उमेदवार टुङ्ग्याउन समस्या भएको एमाले जिल्ला अध्यक्ष मुनु सिग्देलले बताइन् वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट कृष्ण दाहाल र क्षेत्र नम्बर २ बाट बिरोध खतिवडा उमेदवार बन्ने लगभग निश्चित भइसकेको छ त्यसैगरी प्रदेश सभाका लागि क्षेत्र नम्बर १ (क) मा माओवादी केन्द्रका जिल्ला नेता प्रेमबहादुर पुलामी छिन्तु, १ (ख) मा एमालेका डोरमणि पौडेल, २ (क) मा रामेश्वर राना र २ (ख) मा माओवादी केन्द्र जिल्ला इञ्चार्ज कुमारी मोक्तानको सम्भावना छ वाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्ने सम्भावना बलियो बनाएका दाहाल जिल्लाको पुराना नेता हुन् । थापालाई यसअघि पटकपटक हराएका नेता दाहाल यसपालि पनि थापाको प्रतिद्वन्द्वीको रुपमा उभिने तरखरमा छन् पूर्वसांसद समेत रहेका खतिवडा एमालेको केन्द्रीय राजनीतिमा तख्खल राख्ने जिल्ला नेताको रुपमा चिनिन्छ । प्रदेशसभा निर्वाचनका उमेदवार मध्ये पुलामी पूर्वसभासद हुन् । २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित सभासद हुन् प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर १ (ख) बाट उमेदवार बन्ने पौडेल पूर्वमेयर हुन् । दुई पटक हेटौंडाको मेयर भइसकेका पौडेल जिल्लाको चिरपरिचित नेताको रुपमा लिइन्छ । २ (ख)बाट उमेदवार बन्ने मोक्तान २०६४ को निर्वाचनमा क्षेत्र नम्बर ४ बाट निर्वाचित सभासद हुन् । उनी माओवादी केन्द्रको जिल्ला इञ्चार्ज पनि हुन् वाम गठबन्धन ३२ हजार मतले अगाडिबैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनअनुसार मकवानपुरमा वाम गठबन्धन नै अगाडि देखिन्छ । स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रले पाएको मत अनुसार वाम गठबन्धन ३२ हजार १ सय २७ मतले अघि छ । हेटौंडा उपमहानगरपालिका सहित १० स्थानीय तहमा वाम गठबन्धनको १ लाख ४ हजार ७९ मत छ भने लोकतान्त्रिक गठबन्धनको ७१ हजार ९ सय ५९ रहेको छ निर्वाचनमा जिल्लाभरबाट ५६ हजार ९ सय ९०, राप्रपाले १४ हजार ९ सय ६९, एमालेले ५८ हजार ४ सय ८६ र माओवादी केन्द्रले ४५ हजार ५ सय ९३ मत ल्याएको थियो । यो अनुपात अनुसार मूल्याङ्कन गर्दा बाम गठबन्धन धेरै नै बलियो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?