‘निजी क्षेत्र र सरकारको सहकार्य आवश्यक’

लोकपथ
14
Shares


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नीजि र राज्यको सहकार्यमा एउटा नीति बनाउन आवश्यक भएको बताएका छन् ।आज नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभामा उनले संविधानले जुन दिशा निर्देश गरेको छ, त्यसैमा केन्द्रीत भएर एउटा बाटो अपनाउन पर्ने भन्दै यसमा नीजि र राज्यको सहकार्य आवश्यक भएको बताए ।

उनले भने, ‘हामीले जुन संविधान र आर्थिक नीति बनाएका छौं, त्यसले स्पष्ट दिशाबोध गरेको छ । तर हाम्रो बुझाईको एकरुपता छैन । संविधानमा नै के भनेको छ, हामीले नीजि क्षेत्र, बजार, राज्य र समुदाय यी तीन क्षेत्र सन्तुलन भूमिका भनेको छ । नीजि र राज्य क्षेत्रले सहकार्य नै गर्नुपर्छ । सबैले मन्थन गरेर एउटा हाम्रो बाटो के हो भनेर यसबारे एउटा नीति बनाउनु पर्ने थियो भन्ने मलाई लाग्छ । त्यसले संविधानले जुन दिशानिर्देश गरेको छ, त्यसैमा केन्द्रीत भएर एउटा बाटो नयाँ हामीले अपनाउन पर्ने हुन्छ ।’

यस्तै, उनले राजनीतिक र लोकतान्त्रिक स्थिरता भएन भने आर्थिक विकास र समृद्धि सम्भव नभएको भन्दै कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकासको लागि स्थीर राजनीतिक नेतृत्व र ठोस आर्थिक नीति चाहिने बताए ।

उनले भने, ‘राजनीतिक, लोकतान्त्रिक स्थिरता भएन भने आर्थिक विकास र समृद्धि हुदैँन् । राजनीतिक, लोकतान्त्रिक स्थिरता भएन भने कुनै पनि देश विकास हुँदैंन । हरेक ६ महिनामा तीन पटक सरकार परिवर्तन गरेर कुन देश विकास भएको छ । यसको साथै कृषिलाई पनि यही रुपमा राख्ने हो भने पनि देश विकास हुदैँन् । कृषि, उद्योग र सेवाका जुन तीन वटा क्षेत्र हुन्छ । त्यसैले कृषि क्षेत्रको आधुनिकीकरण र उद्योग क्षेत्रको विकास भयो भने देश विकास हुन्छ । यसको लागि स्थीर राजनीतिक नेतृत्व र ठोस आर्थिक नीति चाहिन्छ ।’

अहिले आफ्नो सरकार आएको बेला आफ्नोलाई जोगाएर, अरुको भ्रष्टाचारी समात्ने काम भईरहेको भन्दै पूर्ण सुरक्षाका साथ सबैको सम्पत्ति घोषणा गर्नु पर्ने पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?