सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो ?

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

मंगलबारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य ५ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ३६ हजार ३ सय रहेकोमा आज मूल्य वृद्धि भइ १ लाख ३६ हजार ८ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १७ सय पुगेको छ ।

मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ६ सय ८५ रहेकोमा आज मूल्य वृद्धि भइ १७ सय पुगेको हो ।

पछिल्ला दिनहरुमा सुनचाँदीको मूल्यमा वृद्धि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?