मधेशमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने

लोकपथ
78
Shares

जनकपुर । मधेश प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ । प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवासँग छलफल गर्न बधुबार एकदिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।

बैठकमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन् । बुधबार मधेशका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारीहरु, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायका अधिकारीहरु सहभागी हुने गोष्ठीमा बिहान साढे आठ बजे सुरु गरी पौन्य ४ बजेसम्म सञ्चालन हुने मधेश प्रदेश सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ । गोष्ठी नेपाल सरकार गृह मन्त्रालय र मधेस सरकार गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?