गण्डकी : मुख्यमन्त्री अधिकारीको पद खारेजीको मागसहित सर्वोच्चमा कांग्रेसको रिट

लोकपथ
130
Shares

काठमाडौं । गण्डकी सरकार निर्माण विरुद्ध सर्वोच्चमा रिट परेको छ ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ती बदरको माग गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले वारेसमार्फत् सर्वोच्चमा रिट दायर गरेका हुन् ।

गण्डकीका मूख्यमन्त्री अधिकारीको नियुक्ती बदर गर्र्दै आफूलाई नै मुख्यमन्त्री पदमै निरन्तरताका लागि अन्तरिम आदेशसहितको परमादेश जारी गर्न माग गरिएको छ ।

गण्डकीका प्रदेशप्रमुख डिल्लीराज भट्टले सभामुखको हस्ताक्षरसहित परेको दाबीकै आधारमा मुख्यमन्त्रीमा अधिकारीलाई नियुक्त गरेका थिए । सभामुख कृष्णप्रसाद धितालको समेत हस्ताक्षरसहित मुख्यमन्त्रीमा अधिकारीलाई नियुक्त गरिएको थियो ।

एमालेका २१, माओवादीका ८ (सभामुखसहित) र स्वतन्त्र सांसद राजिव गुरुङ दिपक मनाङेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरिएको थियो । यसअघि कोशी प्रदेशमा पनि सभामुखको हस्ताक्षर दुरुपयोग गर्दै सरकार निर्माण गरेपछि सर्वोच्चले त्यसलाई उल्ट्याइदिएको थियो । कोशीकै प्रकरण जस्तै कर्णालीमा भएको भन्दै असन्नतुष्टीहरु व्यक्त भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?