बजेट यथार्थपरक र कार्यान्वयनयोग्य हुनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

लोकपथ
0
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक समृद्धि हासिल बताएका छन् ।मंगलबार सुरु भएको चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षको बजेट बस्तुनिष्ठ र कार्यान्वयनमुखी बताएका हुन् ।

उनले भने, ‘बजेट सधंै महत्वाकांक्षी र ठूलो आकारको बनाउने तर स्रोतको अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्थपरक एवं घाँटी हेरी हड्डी निल्न सक्ने हुनुपर्दछ ।’ आर्थिक गतिविधि विस्तार गरी राजस्व लक्ष्य वृद्धि गर्नुपर्ने भनाइ उनले राखे ।

करको दर नभई दायरा विस्तार गरेर नागरिकतासँगै प्यानकार्ड दिने व्यवस्था हुनुपर्ने मल्लले उल्लेख गरे । अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही संकेत देखिए पनि आन्तरिकतर्फ सुस्तता कायमै रहेको बताउँदै उनले आयातको तुलनामा निर्यात निकै कम हुँदा यो वर्ष पनि व्यापार घाटा उच्च हुने प्रक्षेपण गरे ।

पुँजीगत खर्च हुन नसक्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पुरा हुनेमा चुनौती उनको भनाइ छ ।

त्यस्तै, चेम्बरको ७३ औं वार्षिक साधारणसभालाई उद्घाटन गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पुरा गर्न सरकार प्रयासरत रहेको बताए । आर्थिक उन्नतिका लागि निजी क्षेत्रको प्रवर्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भीर रहेकोमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?