कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

लोकपथ
91
Shares

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । एमाले प्रदेश संसदीय दलका नेता कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गठबन्धनमा रहेका एमाले-माओवादी र नेकपा एसका कूल २३ सांसदले हस्ताक्षरसहित यामलालाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयतानको शपथ बुधबार गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?