एसिसी प्रिमियर कप खेल्ने नेपाली टोली घोषणा (सूचीसहित)

काठमाडौं । एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्सीय टोली घोषणा भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले रोहित पौडेलको कप्तानीमा प्रिमियर कप खेल्ने नेपाली टोली घोषणा गरेको हो ।

१२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुने एसिसी प्रिमियर कपको लागि एसिसीले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको छ । यो टोलीमा तीव्र गतिका बलर आकाश चन्द भने सामावेश हुन सकेनन् ।

प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ ।

नेपाली टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी र अभिनाश बोहरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?