काठमाडौं । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
मंगलबार (आज) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको ठहरसहित पोखरेलसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
जसमा निर्देशनालयकै कृषि इन्जिनियर विश्वनाथ पौडेल, तत्कालिन कृषि अर्थविज्ञ (शाखा प्रमुख) भानुभक्त भट्टराई, स्याङजाको गल्याङ नगरपालिका तीन पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा न्यौपाने, सचिव परसुराम खनाल र कोषाध्यक्ष उमा श्रेष्ठ र स्थानीय श्रीप्रसाद श्रेष्ठ रहेका छन् ।
उनीहरुविरुद्द प्रतिव्यक्ति २८ लाख ३७ हजार २१७ रुपैयाँ बराबरको बिगो दाबी समेत गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार उनीहरुले एउटा जग्गा देखाएर अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतको आरोप समेत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया