काठमाडौं । योम मा ई मोटर्सले नेपालमा नै पहिलो पटक विधुतीय स्कुटरमा १ लाख किलोमिटर वारेन्टी दिने घोषणा गरेको छ ।
कम्पनीले टेल्जी लायन स्कुटरमा ग्राहकलाई १ लाख किलोमिटरसम्म वारेन्टी दिने घोषणा गरेको हो ।
योममा ई मोटर्सले सोमबार एक कार्यक्रम आयोजना गर्दै १ लाख किलोमिटर वारेन्टि दिने जानकारी दिएको हो ।
उक्त कार्यक्रमा बोल्दै कम्पनीका निर्देशक संजिव शिल्पकारले भने,’ नेपालमा नै पहिलो पटक दुईपाँग्रेमा १ लाख किलोमिटर वारेन्टीमा प्रदान गर्न लागेका छौँ । हाम्रो स्कुटरमा प्रयोग भएको लिथियम आयन फोस्फेट ब्याट्रीलाई लामो समयसम्म परिक्षण गरेर हामीले १लाख किलोमिटर वारेन्टि दिने भएका हौँ ।’
कम्पनीले अपडेटसहित ल्याएको टेल्जी लायन स्कुटरमा फ्रन्ट भाइजर, हिल होल्ड असिष्ट , वाइडर टायर , स्मुथ एशिलरेशन , ब्राइडर ९म्याट्रिक्स० हेडल्याम्प, नयाँ टेलिस्कोपि सस्पेन्सन , नयाँ रिमोट की लगायत फिचर हरेको कम्पनीले जनाएको छ ।
टेल्जी लायनमा ४ किलोवाट पावरको मोटर र ३.३३ किलावाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक रहेको छ । यसलाइ एकपटक फुलचार्ज गरेर १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यो स्कुटरलाई घरमा नै ३ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया