प्रहरीप्रति राप्रपा अध्यक्ष लिङ्देनको कटाक्ष -‘भ्रष्टहरुलाई कति दिन हेलमेट लगाएर सुरक्षा दिनुहुन्छ ?’

लोकपथ
169
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टहरुलाई हेलमेट लगाएर सुरक्षा दिएको भन्दै प्रहरीप्रति कटाक्ष गरेका छन् ।

मंगलबार राप्रपाले काठमाडौंमा आयोजना गरेको बृहत प्रदर्शनका क्रममा लिङ्देनले प्रहरीलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

उनले भने, ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौँ । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौँ । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ, भ्रष्टहरुलाई कति दिन हेलमेट लगाएर सुरक्षा दिनुहुन्छ ? ।’

साथै उनले आजको आन्दोलन गणतन्त्रप्रतिको ‘टेष्ट’ भन्दै यो भन्दा कडा आन्दोलन गर्ने बताए ।

निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले भद्रकाली नजिक रोकेपछि अध्यक्ष लिङ्देनले आन्दोलन नरोकिने बताए । साथै उनले प्रदर्शनकारीलाई अघि बढ्न दिन सुरक्षाकर्मीलाई बाटो छोड्न आग्रह गरेका थिए । उनले आफ्ना कार्यकर्तालाई सिंहदरबारतर्फ अघि बढ्न निर्देशन दिएसँगै राप्रपा कार्यकर्ताहरू अघि बढ्न खोज्दो प्रहरीले रोकेपछि प्रदर्शनकारीले गृहमन्त्री र सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

त्यसक्रममा अध्यक्ष लिङ्देनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत मागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?