संसदमा कांग्रेसको अवरोध कायमै, रास्वपाले दियो काउन्टर

लोकपथ
455
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आमनेसामने भएका छन् ।

आजको बैठक बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । सोही समयमा रास्वपाका सांसदहरु पनि उठेर प्रतिकार गरेका हुन् ।


बैठकमा बोल्दै कांग्रेस सचेतक सुशिला थिङले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन समिति बनाउन माग गरिन् । नागरिकहरु पीडामा पर्दा सरकारले त्यसलाई अन्देखा गरिरहेको आरोप लगाइन् ।


बैठकमा रास्वपाका तर्फबाट मनिष झालाई सभामुखले बोल्न समय दिएका थिए । तर नेपाली कांग्रेसले सो समयमा समेत विरोध जनाएको थियो ।


सभामुखले पटकपटक आग्रह गर्दा पनि बैठकमा कांग्रेसले अवरोध जनाएपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेसले निरन्तर गृहमन्त्री लामिछानेको विषयमा छानबिन गर्न समिति बनाउनुपर्ने माग अघि राख्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?