सुनको मूल्यमा नयाँ रेकर्ड : आज कति छ प्रतितोला मूल्य ?

लोकपथ
1.5k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य १ सयले वृद्धि भएको हो ।


गत कारोबार दिन सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार २ सय रहेकोमा आज १ लाख ३६ हजार ३ सय कायम भइ कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च हो ।


त्यस्तै चाँदीको मूल्यमा स्थिरता छाएको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ६ सय ८५ रहेकोमा आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।


पछिल्ला दिनहरुमा नेपालमा सुुनको मूल्यमा वृद्धि हुँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?