कांग्रेसको बटमलाइन : छानबिन समिति नभइ मान्दैनौँ, यथास्थितीमा संसद चल्दैन

लोकपथ
91
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे यथास्थितीमा संसद बैठक चल्न नदिने निर्णय गरेको छ ।

आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । यसअघि नै सोमबार प्रधानमन्त्री र सभामुुखसहितको बैठकमा गृहमन्त्री रवि लामिछानेको विषयमा उठेको सवालको छानबिन गर्न समिति नबनाइए सदन चल्न नदिने कांग्रेसले अडान कायम राखेको थियो ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले पनि यथास्थितीमा सदन चल्न नदिने निर्णय गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । साथै आफूहरुले संसदमा अवरोध गर्न नचाहेको र यदी सरकार उक्त विषयमा गम्भीर नभए संसद अवरोधको जिम्मा सरकारले नै लिनुुपर्ने कांग्रेसको अडान रहेको ती नेताले बताए ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?