धनुष र ऐश्वर्या रजनीकान्तको सम्बन्ध टुट्यो

लोकपथ
754
Shares

काठमाडौं । दक्षिण भारतीय अभिनेता धनुष र उनकी श्रीमती ऐश्वर्या रजनीकान्तको सम्बन्ध बिच्छेद भएको छ । यी दुईको सम्बन्ध अहिले अन्तिम बिन्दुमा पुगेको छ । यो खबरले दुवैका फ्यानमा निराशा छाएको छ ।

धनुष र ऐश्वर्या रजनीकान्तले एकअर्काबाट अलग हुने निर्णय गरेका छन्। दुवैले चेन्नईको पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन् । धनुष र ऐश्वर्या आपसी सहमतिमा यो निष्कर्षमा पुगेका हुन् । यस मुद्दामा केही दिनमा सुनुवाइ सुरु हुनेछ। धनुष र ऐश्वर्या रजनीकान्त दुई वर्षदेखि अलग्गै रहँदै आएका थिए। उनीहरुले सन् २०२२ मा एकअर्काबाट अलग भएको घोषणा गरेका थिए ।

धनुष र ऐश्वर्याले छुट्टिएको घोषणा गरे पनि सम्बन्धविच्छेद गरेका छैनन् । यही कारण लामो समयदेखि यी दुईबीच सम्बन्ध सुमधुर भएको हल्ला चलेको थियो । त्यतिबेला दुवैजना आ–आफ्नो काममा निकै व्यस्त थिए । दुवैजना सँगै थिएनन् तर आमाबुवा भएर छोराछोरी हुर्काउँदै थिए । उनीहरुको यात्रा र लिङ्ग नामका दुई छोरा छन् ।

धनुष र ऐश्वर्या सन् २००४ मा बैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरूसम्बन्ध १८ वर्षसम्म सँगै रहेका थिए । विवाहको समयमा धनुष २१ वर्ष र ऐश्वर्या २३ वर्षकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?