एमाले ललितपुर जिल्ला अध्यक्षमा आचार्य निर्वाचित

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन् ।


नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा २ सय २९ मत प्राप्त गर्दै आचार्य अध्इक्ष्मा निर्वाचित भएका हुन् ।


जिल्ला अध्यक्षका लागि चार जनाको प्रतिष्पर्धा भएको थियो । जसमध्ये चेतनाथ सन्जेलले १ सय ५४, दिनेश कार्कीले ८१ र सुर्वण श्रेष्ठले ९ मत प्राप्त गरेका थिए ।


सर्वसम्मत नेतृत्व चयन नभएपछि निर्वाचनमार्फत् नेतृत्व चयन भएको हो ।


त्यसैगरी उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत, उपसचिवमा प्रभाकर थापा र आशा राईसहित नेतृत्व चयन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?