सुदूरपश्चिम प्रदेशसभा सदस्य नाउपाकी इन्दिरा गिरी पदमुक्त

लोकपथ
168
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी (नाउपा) सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभा सदस्य गिरीलाई सांसद पदबाट हटाउन प्रदेश सभा सचिवालयमा निवेदन दिएकी थिइन् ।

गिरीले पार्टीको हित विपरित बोलेको भन्दै नाउपाले उनलाई स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण नदिएपछि हटाउन श्रेष्ठले निवेदन दिएकी थिइन् ।

आज सुदूरपश्चिम प्रदेशका सभामुखले गिरी सांसद पदमुक्त भएको सूचना टाँसेका हुन् ।

गिरी नाउपाका संस्थापक रेशम चौधरी निकट हुन् । उनी गत निर्वाचनमा समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?