काठमाडौं । माओवादी केन्द्रले कोशी प्रदेश सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको नेकपा मओवादी संसदीय दल कोशीको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
साथै बैठकले केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानी मन्त्री थिए ।
एमालेका प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिन हस्ताक्षर गरिसकेका छन् भने माओवादी संसदीय दलको बैठक सम्पन्न भएसँगै हस्ताक्षर गरेर संयुक्त रुपमा समर्थन फिर्ता गरेको जानकारी संसद सचिवालयमा गराउने तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया