अपार्टमेन्टमा विष्फोटपछि भीषण आगलागी : तीनको मृत्यु, घटना छानबिन गर्न टोली गठन

लोकपथ
143
Shares

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा एक आठ तले अपार्टमेन्ट भवनमा विस्फोटपछि भएको आगलागीमा परेर कम्तीमा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ यो विस्फोट भएको हो । तर, विस्फोटको कारण भने खुल्न सकेको छैन ।

यो भवन पेरिसको एरोन्डिसमेन्टमा थियो । प्रारम्भिक जाँचका अनुसार रु डे क्यारोनको सातौँ तल्लामा आगलागी हुनुअघि विस्फोट भएको थियो । भवनमा ग्यास नभएकाले विस्फोट कसरी भयो भन्ने कुरा छिमेकीहरूले बुझ्न नसकेको एरोन्डिसमेन्टका डेपुटी मेयर लुक लेबोनले बताए ।

यो घटनाको छानबिन आगलागी वा क्षति र हत्याको कोणबाट पनि भइरहेको बताइएको छ । विस्फोटको कारण पत्ता लगाउन राजधानीको दोस्रो न्यायिक प्रहरी जिल्लाका अनुसन्धानकर्तालाई खटाइएको छ । विस्फोटपछि नजिकैका भवनहरूमा बस्ने मानिसहरूलाई घरबाट बाहिर निकालिएको थियो । अहिले यस विषयमा अनुसन्धान भइरहेको छ ।

फ्रान्सको राजधानीमा पछिल्लो केही वर्षमा तेस्रो पटक यस्तो खालको विस्फोट भएको हो । यसअघि सन् २०१९ मा पनि रु डे ट्राभिसमा यस्तै विस्फोट भएको थियो जसमा चार जनाको मृत्यु भएको थियो । गत वर्ष जुनमा पनि २७७ रु सेन्ट ज्याकमा विस्फोट भएको थियो जसमा तीन जनाको मृत्यु भएको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?