कहिले हुन्छ स्थानीय तहको उपनिर्वाचन ? यसो भन्छन् गृहमन्त्री लामिछाने

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय तहको निर्वाचन आगामी वर्षको मंसिरसम्म हुने बताएका छन् ।

आज निर्वाचन आयोगका पदाधिकारीहरुको छलफलपछि सो कुरा बताएका हुन् ।

‘स्थानीय निर्वाचनको कुरा अलिकति समय लाग्ने कुरा आएको छ । टेन्टेटिभली मंसिरमा सकिन्छ की भन्ने प्रस्ताव आएको छ ।’ उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने ।

उपनिर्वाचन अलि ढिला भयो भन्ने विषयमा आफूलाई पनि लागेको र त्यसमा आफूले अध्ययन गरेर चाँडै गर्न सकिन्छ की भन्ने विषयमा छलफल भइरहेको बताए ।

त्यसैगरी समानुपातिक निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई अझै व्यवस्थित र मर्यादित बनाएर लैजाने विषयमा छलफल भएको बताए ।

निर्वाचनमा देखिएका बिकृती र बिसंगती हटाउन निर्वाचनसम्बन्धी कानुनमा संशोधनका विषयमा छलफल भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?