गण्डकीका मुख्यमन्त्री अधिकारीले गरे शपथग्रहण

लोकपथ
65
Shares

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

आइतबार अपरान्ह मुख्यमन्त्री अधिकारीले शपथग्रहण गरेका हुन् ।

आजै उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री अधिकारीले आजै सानो आकारको मन्त्रिमण्डल बनाएका छन् ।

उनले नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसद दिपक मनाङेलाई समेत मन्त्री बनाएका छन् । माओवादीबाट हरिबहादुर चुमान मन्त्री बनेका हुन् । उनीहरुलाई बिना विभागीय मन्त्री बनाइएको हो । उनीहरुले पनि शपथ ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?