गण्डकी : मुख्यमन्त्रीको नियुक्तीविरुद्ध कांग्रेस अदालत जाँदै

लोकपथ
325
Shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीको नियुक्तीविरुद्ध नेपाली कांग्रेसले कानुनी उपचार खोज्ने भएको छ ।

आज गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले सभामुखसहितको हस्ताक्षरमा गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज भट्टरालाई नियुक्त गरेका थिए ।

सभामुखको समेत हस्ताक्षर दुरुपयोग गरेर गरिएको दाबीमा प्रदेश प्रमुखले समेत सहमति जनाएको भन्दै कांग्रेस अदालत जाने भएको हो ।

अहिले केही कानुन व्यवसायीहरुसँग परामर्श भइरहेको र अदालतमा त्यसको विरुद्ध मुद्दा दायर गर्ने तयारी भएको स्रोतले जानकारी दियो ।

‘एमालेसहितका दलहरुले गरेको दाबीमा प्रदेश प्रमुखले सहमति जनाएर सभामुख पदकै दुरुपयोग गर्नु असंवैधानिक कदम भएको ठहरसहित कांग्रेसले कानुनी उपचार खोज्न लागेको हो ।’ स्रोतले भन्यो ।

यसअघि नै नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले मुख्यमन्त्रीको नियुक्ती कानुन विपरित हुन लागेको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो । तर त्यसलाई बेवास्ता गरेको भन्दै कांग्रेसले असन्तुष्टी जनाएको हो ।

आज नेकपा एमालेसहितका दलले मुख्यमन्त्रीमा दाबी गरेका थिए । त्यसलगत्तै प्रदेश प्रमुखले एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसमा गण्डकीका सभामुख कृष्णप्रसाद धितालको समेत समर्थन रहेको भन्दै हस्ताक्षर बुझाइएको थियो ।


यसअघि कोशी प्रदेशमा पनि सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्री बनाइएको विषय अदालतमा पुगेपछि सर्वोच्चले त्यसलाई असंवैधानिक कदम रहेको भन्दै उल्ट्याइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?