सेयर बजार : २२.७५ अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

लोकपथ
13
Shares

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचकसँगै कारोबार बढेको छ । आइतबार २२.७५ अंकले बढ्दै नेप्से परिसूचक २०२६.८१ विन्दुमा आएको छ ।

कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २.७३ अंकले घट्दै २००४.०५ विन्दुमा थियो । कारोबार रकम ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँ थियो ।

१३ उपसमूहमा होटल तथा पर्यटन र व्यापारबाहेक सबै बढ्दा नेप्से परिसूचकमा सुधार आएको हो । फाइनान्स उपसमूह ५.९५ प्रतिशतले बढेको छ ।

आज १९० कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे । ४८ कम्पनीका सेयरमूल्य घट्यो भने ७ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।

आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्तको सेयरमूल्य बढेर सर्किट लागेको छ । मानुषी लघुवित्त, वीन नेपाल लघुवित्त, दोल्ती पावर, सबैको लघुवित्तको पनि सेयर बढ्दा लगानीकर्ता फाइदामा छन् ।

आज उच्च कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी छ । उक्त कम्पनीको ९५ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ । गोर्खाज फाइनान्सको १९ करोड, सूर्यज्योति लाइप
m इन्स्योरेन्सको ११ करोड २९ लाख, सर्वोत्तम सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज सेयरमूल्य घटेका कम्पनीमा तारागाउँ रिजेन्सी होटल लिमिटेड पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा कालिका लघुवित्त, ग्लोबल आइएमइ ब्यालेन्स्ड फाण्ड–१, सूर्यज्योति लाइफ इन्स्योरेन्स, गणपति लघुवित्त लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?