इलाम-२ को उपनिर्वाचनमा महिला उम्मेदवार शून्य

लोकपथ
14
Shares

इलाम । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि पुरूष उम्मेदवारले मात्रै मनोनयन दर्ता गराएका छन्।

शुक्रबार २० जना उम्मेदवारले मनोनयन दर्ता गराउँदा सबै उम्मेद्वार पुरुषमात्र छन्। १२ दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन गर्दा कोही पनि महिलाको उम्मेद्वारी परेन।

ठूला राजनीतिक दलहरुको उम्मेदवार छनोटमा महिला प्राथमिकतामा नपर्ने गरेकोप्रति महिला अधिकारकर्मीले गुनासो गरेका छन्।

‘महिलालाई सधैँ पछि पार्ने चलन छ,’ इलामकी महिला अधिकारकर्मी गायत्री थेगिमले भनिन्, ‘इलामको उपनिर्वाचनमा महिलाको उम्मेदवार शून्य हुनुले नेतृत्व तहमा महिला सहभागिता ओझेलमा रहेको प्रष्ट पारेको छ।’

झापा विर्तामोड निवासी महिला अधिकारकर्मी भीमा शिवाकोटीले महिलाको अधिकार पुस्तकमा मात्र समेटिएको र व्यवहारमा अवसर नदिने प्रचलन रहेको बताइन्।

‘इलाममा एउटा पदका लागि बीस जनाले नेतृत्व तहमा आउन चाहँदा महिलाले नचाहेको होइन महिलालाई कसैले अवसर नदिएको समस्या उजागर भएको छ,’ उनले भनिन्।

नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्बाङलाई मैदानमा ल्याएका छन्। उनलाई नेपाल कम्युनिस्ट पार्टीलेसमेत समर्थन गरेको छ।

नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्काले उम्मेदवारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत० समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्।

राष्ट्रियमुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ। इलाम– २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन्। यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन्।

निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ।

चैत २८ देखि वैशाख १२ गते सम्म प्रचारको अवधि राखिएको छ।

वैशाख १५ गते बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदान समय तोकिएको छ।

संविधानसभा अध्यक्ष तथा पूर्व सभामुखसमेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?