लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ

लोकपथ
78
Shares

काठमाडौं । लुम्बिनी नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।


शनिबार मुख्यमन्त्री नियुक्त भएका माओवादीका महराले केहीबेरअघि शपथग्रहण गरेका हुन् ।


उनलाई उनको दल नेकपा माओवादी केन्द्रसहित एमाले र अन्य दलको समर्थन रहेको छ ।


केन्द्रमा भएको सत्ता समीकरणको फेरबदलपछि नेपाली कांग्रेसका डिल्लीराज चौधरीले राजीनामा दिएसँगै उनी संविधानको धारा १६८ उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?