गण्डकीमा कांग्रेसले भन्यो– ‘पुरानो हस्ताक्षरलाई दुरुपयोग गरेर बहुमत पुर्याइयो’

लोकपथ
377
Shares

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अघिकारी नियुक्त भएपछि आगामी दिनमा सरकार टिकाउन कानुनी जटिलता देखिने भएको छ ।

सभामुख कृष्णप्रसाद धितालसहितको हस्ताक्षर गरी बहुमत पुर्याइएपछि नेपाली कांग्रेसले विरोध जनाएको हो ।


अधिकारीले मुख्यमन्त्रीको दाबी पेश गरेपछि नेपाली कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले प्रदेश प्रमुखलाई असंवैधानिक कदम नचाल्न आग्रह गरेका थिए ।


नेता पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई निवेदन दिँदै पुरानो हस्ताक्षरलाई दुरुपयोग गरेर बहुमत पुर्याइएको भन्दै त्यसलाई सनाखत गरेर मात्रै कामकारबाही अघि बढाउन आग्रह गरेका थिए । तर प्रदेश प्रमुख भट्टले भने अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

‘म आफूलाई जानकारी हुन आएअनुसार प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षर भनिएको उक्त दाबी पत्रमा नेताले हस्ताक्षर गरेको भन्ने बुझिएको छ । प्रदेश सभाका प्रत्येक सदस्यहरुको फरक प्रयोजनका लागि लिइएको पुरानो हस्ताक्षर दुरुपयोग गरिएको भनी स्वंय केही प्रदेश सभा सदस्यहरुले भनेको अवस्था छ । समर्थन गरिएको भनिएको हस्ताक्षरको आधिकारिक सनाखत बेगर मुख्यमन्त्रीको नियुक्ती आधिकारीक मान्न सकिँदैन र म निवेदक सनाखतपछि मात्रै कामकारबाही अघि बढाइयोस् भन्ने माग गर्दछु ।’ निवेदनमा भनिएको छ ।

त्यसो त यसअघि नै कोशी प्रदेशमा तत्कालिन सभामुखले कांग्रेस–माओवादीसहितको गठबन्धनलाई समर्थन गरेपछि अदालतले उक्त निर्णयलाई उल्ट्याइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?