सभामुखसहित दाबी पेश गरेका खगराज गण्डकीको मुख्यमन्त्रीमा नियुक्त

लोकपथ
325
Shares

काठमाडौं । गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

अधिकारीले आजै प्रदेशप्रमुख भट्ट समक्ष दाबी पेश गरेका थिए । उनले सभामुखको समेत समर्थन रहेको दाबी पेश गरेपछि संवैधानिक जटिलता देखिएको छ ।

यसअघिका मुख्यमन्त्री नेपाली कांग्रेसका सुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै प्रदेश प्रमुखले चैत २७ गतेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका थिए ।

त्यसो त अधिकारी यसअघि पनि गण्डकीको मुख्यमन्त्री बनेका थिए । तर केन्द्रको सत्ता फेरबदलपछि सत्ताबाट बाहिरिएका उनी पुनः केन्द्रको सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?