काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. चन्द्र भण्डारीले आफूले सरकारको नेतृत्व गर्न पाएमा ५ वर्षमै मुलुक परिवर्तन गर्ने दाबी गरेका छन् ।
नेता भण्डारीले एक टेलिभिजन अन्तर्वार्तामा नेता भण्डारीले आफू प्रधानमन्त्री बन्न पाएमा मुलुुकलाई नयाँ उचाइमा पुर्याउने बताए ।
‘५ वर्षमा यो मुलुक बन्छ । म इमान्दारिताका साथ भन्छु मलाई लेउ ५ वर्ष, नेपाली जनतालाई साक्षी राखेर मैले कसैले पनि घुस खायो भन्न पर्नेछैन । मलाई कसैले पनि घुस खायो र बदमासी गर्यो भन्ने अवस्था आयो भने म सुसाइड गर्छु । होइन भने यो मुलुक म ५ वर्षमा बनाइदिन्छु ।’ उनले भने ।
आफूले देशको नेतृत्व गर्ने दिन आएमा आफ्नो टिमका मानिस आफूले नै छनोट गर्न पाउनुपर्ने बताए । बदमास, घुसखोरहरुले देश नबनाउने भन्दै आफूले राम्रा मानिसको छनोट गरेर मुलुक समृद्ध बनाउने संकल्प गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया