गण्डकीको मुख्यमन्त्रीका लागि एमालेका खगराजको दाबी पेश, मनाङेको पनि समर्थन

लोकपथ
325
Shares

काठमाडौं । गण्डकीको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीले दाबी पेश गरेका छन् ।

केहीबेरअघि नेकपा एमाले गण्डकी प्रदेशका संसदीय दलका नेता समेत रहेका अधिकारीले बहुमतसदस्यसहित दाबी पेश गरेका हुन् ।

उनलाई उनको दल नेकपा एमालेसहित माओवादी केन्द्र र स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दिपक मनाङेको समेत समर्थन रहेको छ ।

गण्डकीमा एमालेको २२, माओवादीको ८ (सभामुखसहित) र स्वतन्त्र सांसद मनाङको एक मतसहित ३१ सांसदको समर्थन रहेको छ ।

सभामुखको समेत गणना गरिएको कारण यसअघि कोशी प्रदेशकै अवस्था आउने देखिएको छ ।

केन्द्रको समीकरण बिग्रिएसँगै गण्डकीमा यसअघिका मुख्यमन्त्री सुुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै नयाँ सरकार बन्ने खेल सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?