मेरो माइक्रोफाइनान्सद्वारा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न

लोकपथ
39
Shares

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था मनमैज्यु शाखाले ‘वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम’ सम्पन्न गरेको छ ।

शनिबार काठमाडौं महानगरपालिका–१६ गुम्बास्थित अनुपमद्वार पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सयौँ व्यक्तिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा लघुुवित्तका माध्यमबाट समाजका तल्लो वर्गको उन्नयनमा मेरो माइक्रोफाइनान्सले पुर्याएको योगदानबारे प्रकाश पारिएको थियो ।

स्थापना कालदेखि नै संस्थाले समुदायमा वित्तीय साक्षरता अभिवृद्धि तथा कार्यक्रममा आवद्ध सदस्य एवं केन्द्रहरुको पुनर्ताजगीका लागि शाखा कार्यालयहरुमार्फत् समुदायमा वित्तीय साक्षरता अभिवृद्धि लागि विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आइरहेको थियो ।

कार्यक्रममा वक्ताहरुले आर्थिक समृद्धिका आधारहरुका बारेमा विश्लेषण गरेका थिए । कमाउनु भन्दा जोगाएर त्यसलाई लगानी गर्न सकेमा मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने कुरामा जोड दिइएको थियो । त्यसैगरी समयलाई आर्थिक रुपान्तरणमा लगाउन समेत आग्रह गरिएको थियो ।

देशका ६४ जिल्लामा रहेको १४९ शाखा मार्फत् ग्राहकहरुमा सुविधा दिइरहेको मेरो माइक्रोफाइनान्सले स्थापना कालदेखि नै वित्तीय साक्षरताका विभिन्न कार्यक्रम गर्दै आइरहेको थियो । त्यसको निरन्तरतास्वरुप मेरो माइक्रोफाइनान्सले सो कार्यक्रम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?