महाधिवेशन तोकिएकै मितिमा हुन्छ : बस्नेत

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको पहिलो महाधिवेशन मिति नसर्ने बताएका छन् ।

०८१ जेठको अन्तिममा जसपाले गर्न लागेको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने र त्यसका लागि आवश्यक तयारी भैरहेको बस्नेतले शनिबार बताएका हुन् ।

उनले भने, ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सचेतता पूर्वक महाधिवेशनको कार्यतालिका बनाएको छ । त्यस कार्यतालिकाअनुरुप कामहरु भइरहेका छन् । सङ्गठित पार्टी सदस्यताको विवरण जाँचबुझ गर्ने, महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजको मस्यौदा तयार पार्ने काम भइरहेको छ ।’

जसपाले आगामी जेठ २८ गतेदेखि ३० गतेसम्म मधेस प्रदेशको धनुषामा पहिलो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?