पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । आज पनि देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी प्रदेश साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पुर्वी भू-भागका तराईका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

बेलुका देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने मौसमविद्हरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?